१३ मंसिर २०७८, सोमबार

काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भूसालले लोकतन्त्रमा पार्टी कुनै व्यक्तिको कब्जामा हुन नसक्ने बताएका छन् ।

सौरहामा सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकार सम्मेलन गर्दै भूसालले भने, ‘लोकतन्त्रमा पार्टी कसैको कब्जामा हुँदैन, लोकतन्त्रमा यस्तो देखिनु गलत हो । १० बुँदे भनेरमात्रै नबुझ्दिनु होला, हामी सबै स्वतन्त्र छौं ।’

एमाले भित्र सिद्धान्त ज्युँदो छ भन्ने सन्देश दिन भनेर आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । कार्यकर्ताको विवेकको मतले आफूले जित्ने ग्यारेन्टी रहेको उनको दाबी छ । उने भने, ‘पार्टीभित्र सिद्धान्त ज्युँदो छ, पार्टीभित्र माक्र्सवाद ज्युँदो छ, विचार ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’

भुसालले सधैँ झैँ आफू अहिले पनि पार्टीलाई यसका विचार, सिद्धान्त, यसका नीतिहरू सही बनाउन ध्यान दिनु कम्युनिस्ट पार्टीका लागि सर्वथा महत्त्वपूर्ण हुने कुरामा जोड दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV