१३ मंसिर २०७८, सोमबार

टोकियो । कोभिड-१९ को नयाँ फेला परेकाे  ‘ओम्रिक्रोन’ भेरिएन्टका कारण जापानले विदेशीहरूलाइ प्रवेशमा राेक लगाएकाे छ । उक्त भेरियन्ट विश्वभर फैलन थालेसँगै जापानले भाेलि मंगलबारदेखि लागू हुने गरी सबै विदेशी उडानहरुलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको हाे ।

जापानका प्रधामन्त्री फुमियो किसिदाले उक्त भेरियन्टबारे थप जानकारी प्राप्त नभएसम्म प्रतिबन्धको घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘यसका कारण खराब अवस्था आउन नदिन हामीले आपतकालीन निर्णय गरेका छौं ।’

लामाे समय काेराेना भाइरसकै कारण विदेशीमाथि कडाइ गरेकाे जापानले एक महिना पहिले मात्रै विद्यार्थी, कामदार र पर्यटकका लागि भिसा खुला गर्ने निर्णय गरेको थियो । तर नयाँ भेरिएन्ट फैलन थालेपछि पुनः जापानले उडानमाथि कडाइ गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV