१३ मंसिर २०७८, सोमबार

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले टोली सेन्ट इटिएनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई सहज जित दिलाउनको लागि कप्तान मार्किन्हसले दुई गरे भने एन्जल डि मारियाले एक गोल थपे । सबै गोल लियोनेल मेस्सीको असिस्ट भएको थियो । डेनिस बोउअंगाको गोल सान्त्वना बन्यो ।

२३औं मिनेटमा डेनिस बोउअंगाले गोल गर्दै इटिएनलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा मार्किन्हसले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उनले मेस्सीको पासमा गोल गरेका थिए ।

७९औं मिनेटमा एन्जल डि मारियाले मेस्सीकै पासमा एन्जल डि मारियाले गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मार्किन्हसले मेस्सीको पासमा गोल गर्दै पीएसजीलाई सहज जित दिलाए ।

जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १५ खेलबाट ४० अंक पुगेको छ । पराजित सेन्ट इटिएन १२ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV