१२ मंसिर २०७८, आईतवार
  • दान बहादुर बुढा,

जुम्ला । जुम्लाको कनका सुन्दरी गाउपालिकाको वडा नम्बर ३ मा कुकुर ब्यवस्थापन गर्नका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कर्णाली प्रदेशमा नै पहिलो पटक जुम्लाको कनका सुन्दरी गाउपालिका–३ मा कुकुर ब्यवस्थापनका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।

कनका सुन्दरी गाउँपालिका पशुपन्छी शाखा र क्याटक्लिनिक हस्पिटल काठमाडौंको संयुक्त आयोजनामा उक्त वडाको आधा दर्जन बस्तीका २४ वटा घर पालुवा र भुसिया कुकुरको बन्ध्याकरण गरिएको हो ।

गाउँपालिका पशुपन्छी बिकास शाखा जुम्लाका अनुसार ३ दिने शिविरमा ओखरपाटा, गोरी, लुम, बुढु, गोठेलवाडा, जोडेलवाडा, लुमदुवा बस्तीका कुकुरको बन्ध्याकरण गरिनुका साथै रेविजविरुद्धको खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV