१२ मंसिर २०७८, आईतवार
  • तारा आचार्य,

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३३९ जनाको पीसीआर परीक्षण गर्दा २३ जना र ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९, मोरङमा ५, सुनसरीमा ४, उदयपुरमा २, भोजपुर, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ४, हल्दिबारीमा २, शिवसताक्षी, कनकाई, बाहृदशीमा १–१, मोरङको विराटनगरमा २, कानेपोखरी, सुन्दरहरैचा र लेटाङमा १–१, सुनसरीको इटहरी र बराहक्षेत्रमा २–२, उदयपुरको उदयपुरगढी र त्रियुगामा १–१, भोजपुरको भोजपुर नगरपालिका, इलामको इलाम नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएका मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV