१२ मंसिर २०७८, आईतवार
  • तारा आचार्य,

विराटनगर । मोरङमा आउँदो मंसिर १७ गते देखि पुष १८ गतेसम्म दुई चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने अभियान थालिने प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ ।

विगतमा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरुका लागि निर्वाचन आयोगले विशेष कार्यक्रम सञ्चालन गरी नामावली संकलन गर्ने भएको छ ।

विशेष कार्यक्रमबारे जानकारी दिन विराटनगरमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा मंसिर १७ गते देखि पुष २ गतेसम्म पथरी शनिश्चरे, सुनवर्षी, सुन्दर हरैचा, र बेलबारी नगरपालिकातथा कटहरी, बुढीगंगा रमिक्लाजुङ गाँउपालिकामा तथा पुष ४ गते देखि पुष १८ गते सम्म १५ दिन लेटाङ र रतुवामाई नगरपालिका तथा जहदा, ग्रामथान, धनपालथान, केराबारी, कानेपोखरी गाँउपालिकाको कार्यालयमा नामावली संकलन गरिने बताइएको छ ।

फोटो सहितको मतदाता नामावली नाम दर्ताका लागि नागरिकता परिचयपत्रका साथै स्वयं उपस्थित हुनुपर्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन अधिकारीले जानकारी दिनुभयो । उहाँले कोरोनाका कारण विगतका वर्षहरुमा मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि विशेष कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

मोरङमा ०७७ साल पुष ५ गतेसम्म ६ लाख ६९ हजार ४ सय ९० जना मतदाता रहेका छन् । अन्तक्र्रिया कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV