१२ मंसिर २०७८, आईतवार

काठमाडौं । मौद्रिक समीक्षापछि आइतबार (आज) सेयर बजारमा ८०.२९ अंकको गिरावट आएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक समीक्षाले सेयर लगानीका लागि ४–१२ करोड कर्जा सीमालाई यथावत् राखेपछि आज बजारमा भारी गिरावट आएको हो ।

परिसूचकमा भारी गिरावट आएपनि आज ५ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको छ । १८२ वटा कम्पनीहरुको मूल्य घट्दा ६ कम्पनीको मात्रै मूल्य बढेको छ ।

आज बैंकिङ ३४, ब्यापार १५९, होटल तथा पर्यटन १४७, विकास बैंक २६७, जलविद्युत १३२, फाइनान्स ६८, निर्जीवन बीमा ३८५, उत्पादन १९२, अन्य ६८, माइक्रोफाइनान्स १३९ र जीवन बीमा उपसमूह ५३८ अंकले घटे ।

तर आईसीएफसी फाइनान्सको मूल्य भने ९.७ प्रतिशतले बढ्यो, भने सामलिङ पावरको मूल्य ८ प्रतिशतले बढ्यो । कारोबारका आधारमा भने महालक्ष्मी विकास बैंक अग्रस्थानमा रह्यो । सो कम्पनीको २८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV