१२ मंसिर २०७८, आईतवार
  • कविन्द्र शेर्मा

यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा ७ दिने नि:शुल्क जग्गा सम्बन्धी परामर्श घुम्ती शिविर सम्पन्न भएको छ।

शिबिरमा करिब १ हजार जनालाई जग्गा सम्बन्धी परामर्श दिइएको जिल्ला मालपोत कार्यलयका प्रमुख बाबुराम पोख्रेलले बताउनुभयो।

यसैगरी करिब १४ सय घर परिवारले शिविरबाट सेवा लिएको पनि प्रमुख पोख्रेलले बताउनु भयो। ७ दिने शिविरमा १२५ जनाले लिखित अंशबण्डा १३६ जनाले नामसारी ३१ जनाले जग्गा संशोधन १८ जनाले रोका ३३ जनाको फुकुवा र ८२ जनाले प्रतिलिपीको सेवा लिएका थिए।

आफ्नो घर आगनमा जग्गाको शिविर संचालन हुँदा सबभन्दा धेरै यहाँका ववृद्ध अवस्थाका सेवाग्राही लाभान्वित भएका थिए।

कुम्मायक गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला मालपोत कार्यलय पाँचथरको प्राबिधिक सहयोगमा जग्गा सम्बन्धी नि:शुल्क घुम्ती शिविर आयोजना गरिएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताउनु भयो।

स्थानीय स्तरका स्तरका जनतासम्म मालपोत कार्यलयबाट प्रदान हुने सेवा पुर्याउन घुम्ती शिविर आयोजना गरिएको पनि पालिका अध्यक्ष जय बहादुर चेम्जोङ्ले बताउनु भयो।

शिविरमा जग्गा पास जग्गा नामसारी, अंशबन्डा, नयाँ धनीपूर्जा जारी जस्ता काम भएको र अपाङ, वृद्धअबश्थाका साथै महिला तथा मालपोत कार्यलय पुग्न नसक्नेहरुलाई प्राथमिकता दिई सेवा प्रदान गरिने उद्रेस्यले शिविर आयोजना गरिएको पनि जिल्ला मालपोत कार्यलयले जनाएको छ।

यसअघि तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा पनि यस्तो शिविर सफल भएको मालपोत कार्यलयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV