१२ मंसिर २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि र नियम अनुसार पार्टी नचल्दा कांग्रेसको छवि विग्रदै गएको बताएका छन् । आइतबार (आज) नेपाली कांग्रेस काठमाडौ जिल्ला कार्य समितिको १४ औँ अधिवेशन उद्घाटन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।

उनले पार्टीको १३ औँ महाधिवेशन सकिएको दुई महिना भित्र विभागहरु गठन गर्नुपर्ने पार्टीको विधान भएपनि ५ वर्षपछि पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन गरेको आरोप लगाए ।

नेता सिंहले बहुमत छ भन्दैमा पार्टीलाई विधि र अनुशासन भन्दा बाहिर गएर सञ्चालन गर्न नहुने धारणा राखे । उनले काठमाडौ जिल्लाको अधिवेशनमा भोट हाल्दा पार्टीलाई बेथितितिर लैजाने कि नीति र नियम संवत चलाउने भन्नेतर्फ ध्यान दिन आग्रह गरे ।

उनले कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने सन्देश यसपटकको काठमाडौ जिल्लाको अधिवेशनले दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV