१२ मंसिर २०७८, आईतवार

काठमाडौं । साइबर अपराधको आरोपमा प्रहरीले एक व्यपारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘खोटाङ हलेसी डेकोर’ का सञ्चालक योगेन्द्र कार्की रहेको प्रहरीले बताएको छ ।

उनलाई ‘हलेसी डेकोर’को ट्रेडमार्क चोरी गरेको समेत आरोप लागेको छ । उनले इमेलको प्रयोग गरेको विभिन्न सामाजिक संजालमा दुरुपयोग गरेको आरोप लागेपछि उनलाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको हो ।

पहिले ‘हलेसी डेकोर’कै सेयरधनी रहेका रहेका उनले २०७७ फागुनमा शेयर बिक्री गरी खोटाङ हलेसी डेकोर नामबाट व्यपार शुरु गरेका थिए । तर पछि उनले ‘हलेसी डेकोर’ कै ट्रेडमार्क प्रयोग गरेको र हलेसी डेकोरकै इमेल अनधिकृत रुपमा प्रयोग गरेका हुन् ।

पक्राउ परेका संचालक कार्कीमाथि अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ट्रेडमार्क चोरी र साइबर अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट बिहीबार अनुमति लिइने बताइएको छ ।

उनले अनाधिकृत रुपमा इमेल प्रयोग गरि ग्राहक, वितरक तथा सर्वसाधारणलाई भ्रम गराएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV