१२ मंसिर २०७८, आईतवार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले साउथह्याम्टनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई सानदार जित दिलाउनको लागि पोर्चुगिज फरवार्ड डिएगो जोटाको दुई गोल गरे भने थियागो अलकान्तारा र भर्जिल भान डाइकले समान एक–एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा नै डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा जोटाले ने गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

खेलको ३७औं मिनेटमा थियागोले गोल गर्दै लिभरपुललाई ३-० ले अघि बढाए । ५२औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै ४-० को अग्रता बनाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल लिभरपुलले जित्यो ।

जितसँगै १३ खेलबाट २८ अंक जोडेर लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन १४ अंक जोडेर १४औं स्थानमा रहेको छ।

LIVE TV