१२ मंसिर २०७८, आईतवार

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले अन्तिम तथा निर्णायक खेल खेल्दै छ । खेल आज आयोजक युएईसँग दुबईको आइसिसी एकेडेमी मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ ।

आजको विजेता शीर्षस्थानमा रहँदै आगमी वर्ष हुने टि-२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटमा स्थान बनाउन नेपालले युएईविरुद्ध जित मात्र हात पारेर हुँदैन । नेपालले नेट रन रेटमा समेत भर पर्नुपर्ने हुन्छ ।

अहिले सहभागी सबै टोलीले ४-४ खेल खेलिसकेका छन् । अब सबैले एकएक खेल मात्र खेल्न बाँकी छ । ४ खेलमा नै जितका निकाल्दै युएई शीर्षस्थान रहेको छ । ४ खेलमा ३ मा जित निकालेको नेपाल दोस्रो स्थानमा रहेको छ ।

घरेलु टोली युएई नेपाललाई स्तब्ध बनाउँदै ग्लोबल छनोटमा पुग्न चाहन्छ । यता नेपाल भने युएईमाथि सहज जितका साथ ग्लोबल छनोटमा आफ्नो स्थान पक्का गर्न चाहन्छ । नेपालको नेटरनरेट २।०८८ र युएईको २।३९८ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV