१२ मंसिर २०७८, आईतवार

एजेन्सी । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले सहज जित निकालेको छ । गएराति भएको खेलमा इन्टरले भेनेजियालाई उसैको मैदानमा २-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टरलाई जित दिलाउनको लागि हकान चलहानो ग्लु र लोउटारो मार्टिनेजले समान एक–एक गोल गरे ।

खेलको ३४औं मिनेटमा चलहानोले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । मार्टिनेजले इन्ज्युरी समयको थप गरिएको छैटौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई सहज जित दिलाए ।
यो जितसँगै इन्टर ३१ अंकसहित तेस्रो स्थानमा रहेको छ । पराजित भेनेजिया १५ अंकसहित १५औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV