१२ मंसिर २०७८, आईतवार

एजेन्सी। स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बािर्सलोनाले भिल्लारियललाई उसैको मैदानमा ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउनको लागि फ्रान्की डिजोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले समान एक–एक गोल गरे । घरेलु टोलीका स्यामुइल चुकविइजीले एक गोल फर्काए । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ४८औं मिनेटमा डिजोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । । ७६औं मिनेटमा स्यामइलले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

८८औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोना पुनः अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा कौटिन्होले पेनाल्टीमार्फत गोल गर्दै बर्सिलोनालाई सहज जित दिलाए ।

यो जितसँगै बार्सिलोना १४ खेलबाट २३ अंक जोड्दै खेलको सातौँ स्थानमा रहेको छ । पराजित भिल्लारियल १६ अंकसहित १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV