११ मंसिर २०७८, शनिबार

काठमाडौं । नेकपा एमाले १० औं महाधिवेशनको बन्द सत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दियो । त्यसपछि अध्यक्षका दाबेदारी भीम रावलले त्यसको विरोध गरे ।

पार्टी पंक्ति सबै अध्यक्ष ओलीका पक्षमा भएपछि पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिम्मा ओलीले पाएका छन् । उक्त प्रस्ताव विष्णु पौडेलले गरेका थिए । र, सबैले ताली बजाएर उक्त प्रस्ताव पारित भएको संकेत दिएका थिए ।

तर, रावलले पौडेलकाे प्रस्तावमाथि आपत्ति जनाउदै अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने भनेपछि अध्यक्ष ओलीले व्यंग्य प्रहार गर्दै रावललाइ कडा जवाफ दिए ।

‘म लड्छु, लड्छु भन्नुहुन्छ भोलि तपाईंले मात्र मनोनयन दिएर कोइ अरु कसैले दिएन भने को सङ लड्नु हुन्छ ? जसरी पनि लड्छु भन्दै गर्दा लड्नै नपाएर आपत पर्दैन ?’

भीम रावलले भने पार्टीको विधानअनुसार चल्नुपर्ने बताउदै अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV