११ मंसिर २०७८, शनिबार
  • बाल बिक्रम कार्की

रौतहट । नेकपा माओवादी केन्द्र चन्द्रपुर नगर कमिटीको अध्यक्षमा टिका आचार्य चयन भएका छन् । शनिबार चन्द्रपुर ५ स्थित गौतम होटलमा सम्पन्न पार्टीको प्रथम नगर सभाले आर्चायलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा राम बहादुर घलान,सहदेव केसी,चेत बोलखे, कोषाध्यक्षमा मिना कुमारी जर्घा, सचिवमा सरोज बछार र सहसचिवमा बिगु पासवान चयन भएको नवनिर्वाचित उपाध्यक्ष चेत बोलखेले जानकारी दिए।

नव निर्वाचित अध्यक्ष आर्चायले नगरको नेतृत्व पाएसँगै अब नेकपा माओवादी केन्द्रलाई नगरभरिनै संगठित गर्दै तीनै तहको निर्वाचनमा पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने प्रतिवद्धता व्यक्त गरे।

उनले माओवादी केन्द्रले समग्र नागरिकको विकासको लागि योजनावद्ध ढंगले अगाडि बन्ने जनाउँदै नगरमा हुने विकासका काममा ढिलासुस्ती र भष्ट्र«चार विरुद्ध सशक्त आवाज उठाउने बताए।

‘अब हामी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार लगायत जनताका हरेका कुरालाई आफ्नो प्रमुख एजेन्डा बनाएर अगाडि बढ्छौ,’ उनले भने, ‘नागरिकको जीवनस्तर माथि उठाउन हामी निरन्तर लागिरहन्छौँ । अब गरमा हामी पहिलो पार्टी बन्छौँ ।’

सम्मेलनले टिका आचार्यको अध्यक्षतामा ६५ सदस्यीय कार्य समिति चयन गरेको छ । कोण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज युवराज भट्टराई (समिर) देशैभर नेकपा माओवादी प्रति जनलहर बढिरहेको अवस्थामा चन्द्रपुरमा पनि पार्टीलाई पहिलो नम्बर बनाउन सबै मिलेर अगाडि बढ्न सुझाए।

उनले देश र जनताको विकास माओवादीले मात्र गर्न सक्ने जनाउँदै देश माओवादीको एजेन्डामा अघि बढिरहेको खुसी व्यक्त गरे । नव गठित कार्यसमिति ६५ सदस्यिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV