११ मंसिर २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा को हो र अब कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा आफ्ना धारणा प्रस्तुत गरेका छन् ।

शनिबार चितवनमा एमालेको दशौं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले एमाले र हनुमानको शक्ति एउटै रहेको बताएका छन् ।

यसैगरी कयौँ दलहरुको गठबन्धन भएर शक्तिशाली देखिनुभन्दा एक्लै पार्टी शक्तिशाली बन्नुपर्ने बताउदै एमाले त्यहीँ पार्टी रहेको पनि ओलीले बताएका छन् ।

ओलीका अनुसार एमाले विरोधी हसाउने क्रियाकलापमा लाग्नु हुँदैन । केही समयअघि पार्टीविरोधी हुँदा प्रचण्ड र माधव नेपाललाई कहाँ पुर्यायो भनेर प्रश्न सोध्दै त्यसतर्फ उन्मुख नहुन ओलीले आग्रह गरे ।

ओलीले एमाले कस्तो भन्ने सन्दर्भमा प्रस्तुत गरेको मन्तव्य

समुद्र तरेर लंका जाने बेलामा हनुमान छटपटाउन थालेका थिए । के गरेर लंका जाने होला ? कसैले भन्यो– ‘हनुमान तिमी वीर, वायु पुत्र, हनुमान हौँ । जन्मनेवित्तिकै तिमी सूर्य झम्टिएका थियौँ । अलिकति तिम्रो थुतुनो डढेको थियो । त्यस्तो हनुमानले सारसमुद्र पार गर्न डराउने हो ? उफ्रिएर तिमी पार गर्न सक्छौँ । बल्ल हुनमानले झल्यास्स आफ्नो तागत सम्झिए ।

यस्तै, हामी नेकपा एमाले पनि जनपुत्र हौँ । हामी नेपाल पुत्र हौँ । जनताका छोराछोरी हौँ । यसकारण हामी नेकपा एमाले यी यावत समस्याहरुको समाधान गरेर जान सक्दैनौँ । हामी सक्छौँ, सक्नुपर्छ र यी विभिन्न खालको संख्यामा शक्तिशाली देखिएकाभन्दा एमाले एक्लै शक्तिशाली छ ।

क्षणिक स्वार्थका निम्ति जातजातमा भिड्न लगाउने कुरा हामी गर्दैनौँ । सबैको उन्नतिको कुरा हामी गर्छाैँ र साझा उन्नतिबा ट कोही पछि नपार्ने हाम्रो नीति हो, लडाई, झगडा र परस्परको नीतिबाट होइन ।

हामीले असाधारण काम गरेर देखाएका छौँ । नाकाबन्दी दृढतापूर्वक सामना गर्यौँ । हाम्राविरुद्ध अब प्रधानमन्त्री सडकमा हिँड्दा ढुंगा हान्छन् भनेर युवाहरुलाई उक्स्यायौँ । त्यतिबेला मैले जनतामाझ उभिएर भनेको छु– के भन्नुहुन्छ तपाईहरु । ‘सरकार, घुडा नटेकोस्, हामीमा वीर पुर्खाको रगत बगेको छ,’ उहाँहरुको त्यो भावना थियो । तर, केही साथीहरु हाम्रो साथ छाडेर हिँडे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV