११ मंसिर २०७८, शनिबार

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सभापतिमा रामकृष्ण खाँण निर्विरोध चयन भएका छन् । जिल्ला निर्वाचन समितिका अनुसार सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको हो ।

सभापतिमा निर्वाचित खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाई हुन् । यसअघि उनी जिल्ला सचिव थिए । पार्टीको अधिवेशनलाई लक्षित गरी गृहमन्त्री खाँण झण्डै एकसाता रुपन्देहीमै बसेका थिए ।

त्यस्तै उपसभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका थानेश्वर घिमिरे र डा. अनिता शाह निर्विरोध भएका छन् । यसका सागै सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV