११ मंसिर २०७८, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रतिस्पर्धा होइन एकता र मूल्यांकन मूख्य कुरा रहेको बताएका
छन् ।

शनिबार पार्टीको दशौं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा प्रतिस्पर्धा गर्न चाहनेलाई प्रतिस्पर्धा होइन एकता र मूल्यांकन मुख्य कुरा रहेको बताए ।

अध्यक्ष ओलीका अनुसार पार्टीमा आन्तरिक मूल्यांकन हुन्छ र त्यहीँ आधार एकता गरेर विपक्षीसँग प्रतिस्पर्धा गर्ने हो तर, पार्टीमा प्रतिस्पर्धा होइन ।

महाधिवेशनमा सर्वसम्मत नभई उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रेका उपाध्यक्ष भीम रावल, घनश्याम भुसाललगायत नेताहरुप्रति लक्षित गर्दै ओलीले पार्टीमा प्रतिस्पर्धा होइन एकता र मूल्यांकन हुने बताए ।

उनले भने, ‘पार्टीमा होइन, विपक्षी/प्रतिपक्षसँग हुन्छ । पार्टीमा मूल्यांकन र एकता हुन्छ । एकताका लागि चाहिने मुख्य कुरा हो । प्रतिपक्षसँग प्रतिस्पार्धाको तयारी मुख्य कुरा हो । प्रतिस्पर्धा प्रमुख हुन्छ, विपक्षीसँग तर, पार्टीभित्र एकता मुख्य कुरा हो । यो कुरा हामीले थाहा पाउनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV