११ मंसिर २०७८, शनिबार

एजेन्सी । आगामी डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय उडान गर्न अनुमति पाएको भारत कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि के गर्ने भन्नेमा छ ।

दक्षिण अफ्रिकामा हालसम्मकै खराब नयाँ कोरोना भाइरस ‘अमिक्रोन’ देखा परेपछि युरोपका विभिन्न देशहरुले सजगता अपनाउन अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेका छन् ।

भारतमा पनि हवाई यात्राबाटै कोरोना सरेको थियो । र, त्यहीँ कालो क्षणलाई सम्झँदै दिल्लीका मुख्यमन्त्री अरिवन्द केजरिवालले प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रभावित देशबाट हुने सबै उडान बन्द गर्न माग गरेका छन्।

मुख्यमन्त्री केजरिवालले अफ्रिकालगायत प्रभावित देशको यात्रामा पनि प्रतिबन्ध लगाउन माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV