११ मंसिर २०७८, शनिबार
  • तारा आचार्य,

विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले पार्टीको प्रदेश १ सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । सुनसरी जिल्ला काँग्रेसका सभापतिसमेत रहेका कोइरालाले शनिबार इनरुवामा सुरु भएको काँग्रेस जिल्ला अधिवेशनका क्रममा प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सुनसरी सभापतिमा दुई कार्यकाल काम गरिसकेका नेता कोइराला प्रदेश १ को उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत हुन् । डा.शेखर कोइराला प्यानलबाट यसअघि गुरुराज घिमिरेले पनि मिडियामार्फत् प्रदेश सभापति बन्ने बताइसकेका छन् ।

नेता कोइरालाले सोही प्यानलबाट उम्मेदवारी घोषणा गर्ने दोस्रो नेता हुन् । त्यस्तै सभापति शेरबहादुर देउवा प्यानलबाट रामहरि खतिवडा र अमृत अर्याल तथा कृष्णप्रसाद सिटौला प्यानलबाट सुधीर शिवाकोटी र उद्धव थापाले प्रदेश सभापतिमा उम्मेदवारी दिने चर्चा छ ।

पहिलोपटक संघीय अभ्यासमा जान प्रदेश संयन्त्र बनाउन लागेको काँग्रेस प्रदेश १ को अधिवेशन मंसिर १६ र १७ गते विराटनगरमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV