११ मंसिर २०७८, शनिबार
  • बिकास पौडेल

चितवन । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीको आन्तरिक व्यवस्थापनको लागि पद थप गरिएको बताएका छन् ।

विभिन्न पदमा आकांक्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयन गर्न केन्द्रिय कमिटीको विस्तार भएको भट्टराईले बताए । अधिकांश प्रतिनिधिहरुको आवाज सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भएकाले प्रतिनिधिहरुको आशय बमोजिम पद थप गरिएको उनले प्रष्ट पारे ।

महाधिवेसनको बन्दसत्रबाट एमालेलाई थप एकताबद्ध र सुदिृढ गर्न सहमतीको साथ नयाँ नेतृत्वलाई अगाडी बढाउने कोसिस गरिरहेको उनले बताए ।

नेकपा एमालेको सौैराहामा बसेको केन्द्रिय कमिटीको बैठकले शुक्रबार केन्द्रिय कमिटीको सदस्य बढाउने निर्णय गरेको थियो । बैठकले केन्द्रिय सदस्य , बढाउने , उपाध्यक्ष थप थप गर्ने , पोलिटव्युरो सदस्यको व्यवस्था गर्ने लगायतको निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV