११ मंसिर २०७८, शनिबार
  • बिकास पौडेल,

चितवन । नेकपा (एमाले)का नेता तथा प्रचार प्रसार विभाग सह संयोजक सूर्य थापाले सबै प्रतिनिधि केन्द्रीय कमिटीमा नअटाउने प्रष्ट पारेका छन् ।

महाधिबेशनमा धेरै प्रतिनिधिले केन्द्रीय कमिटीमा जाने चाहना देखाएकाहरु पनि सबैलाई केन्द्रीय कमिटीमा अटाउन नसकिने थापाले बताए । नवौं महाधिवेसन भन्दा अहिले नयाँ प्रतिनिधिहरु केन्द्रीय कमिटीमा आउने माहोल बढेको थापाले बताए ।

नेकपा एमालेलाई एकताबद्ध र विवादमुक्त बनाएर अगाडि बढ्नुपर्ने उनको तर्क छ । महाधिवेसनमा सहभागी नेता तथा प्रतिनिधिहरुलाई चुनावको चाहना नरहेको दावी गर्दै सबैको चाहना बमोजिम सहमतिमा पार्टीको नयाँ नेतृत्व आउने उनले दाबी गरे ।

केपी ओलीकै नेतृत्वमा प्रभावकारी कमिटी चयन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV