१० मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको जिल्ला अधिवेशन सारिएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा गर्ने भनिएको अधिवेशन आइतबारका लागि सारिएको छ ।

शनिबारसम्म हलमा कार्यक्रममा हुने भएपछि काठमाडौं कांग्रेसले पनि आफ्नो अधिवेशनलाई दुई दिन पर सारेको छ । शुक्रबारको अधिवेशनका लागि हल व्यस्त भएपछि आइतबार बिहान अधिवेशनको उद्घाटन कार्यक्रम गरिने भएको छ ।

जिल्ला अधिवेशनको सम्पूर्ण तयारी भने पूरा भएको बताइएको छ । शनिबार निर्वाचन समितिको कार्यालयमै मनोनयन दर्ता, दाबी÷विरोध र उम्मेदवारी फिर्ताका सबै प्रक्रिया पूरा गरिने पनि बताइएको छ ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ८ क्षेत्रमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको गठबन्धन बलियो रुपमा उभिएको छ भने सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको गठबन्धन भने कमजोर देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV