१० मंसिर २०७८, शुक्रबार
  • तारा आचार्य

विराटनगर । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिको निर्वाचन यहि मंसिर १२ गते आइतबार गर्ने निर्णय भएको छ ।

मंसिर ११ गते निर्वाचन गर्ने गरी तालिका प्रकाशन गरिएकोमा सहमतिको विन्दु खोज्न निर्वाचन कार्यक्रम परिवर्तन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । मंसिर १० गते नामांकन, ११ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारी फिर्ता तथा मंसिर १२ गते निर्वाचन गर्ने गरी निर्वाचन तालिका बनाइएको सो समितिले जानकारी दिएको छ ।

जिल्ला कार्यसमिति मोरङको पदाधिकारी तथा सदस्यहरुका लागि शुक्रवार मनोनयन दर्ता गरिएको छ । मोरङ कांग्रेसको सभापतिका लागि वर्तमान सभापति डिक बहादुर लिम्बु, पूर्व राज्यमंत्री दिलिप गच्छेदार र यदु कुमार विष्टले उम्मेदवारी दिने बताइएको छ । यसैगरी उपसभापतिका लागि नागेश कोइराला, भक्तिनाथ माझी, सुबोध कुमार सिंह लगायतले उम्मेदवार दिने बताइएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा नगर र क्षेत्र साथै महाधिवेशन प्रतिनिधीको निर्वाचन सकिएको छ भने प्रदेश स्तरिय निर्वाचन आगामी मंसीर १६ र १७ गते हुन लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV