१० मंसिर २०७८, शुक्रबार

काठमाडौं । अहिले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धानका क्रममा विभिन्न तथ्यहरु फेला पारेको छ ।

सीआइबीले तामाङसहित १२ जनाविरुद्ध उजुरी परेपछि उनीहरुमाथि अनुसन्धान थालनी गरेको थियो । र, हाल सीआइबीले उनीहरुमाथि अनुसन्धान गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याएको छ ।

अहिले प्रहरी र सरकारी वकिलबीच प्रतिवेदन बारेमा छलफल भइरहेको छ भने छलफलपछि मुद्दा अदालतमा दर्ता गर्ने भनिएको छ ।

तामाङसहित पक्राउ परेका १२ जनासँग सीआइबीले ५ अर्ब ५९ करोड १३ लाख ६८ हजार ५३९ रुपैयाँ बिगो दाबी गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा पुर्‍याएको छ ।

सीआइबीले अनुसन्धान थाल्दा बेलायत उड्न खोज्दै थिए इच्छाराज

सीआबीले तामाङसहित पक्राउ परेकाहरुलाई झन्डै दुई महिना हिरासतमा राखेर संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको थियो । यसक्रममा विशेषगरी इच्छाराजको कनेक्सन कस्तो थियो ? उनले सहकारीको रकम कहाँ कहाँ लगानी गरे ? भन्ने विषयमा सीआइबीले विशेष अनुसन्धान गर्यो ।

सहकारीका निक्षेपकर्ताले उजुरी दिएपछि सीआइबीले यसबारे अनुसन्धान थाल्दा तामाङ बेलायत उड्न खोजेको पनि प्रतिवेदनमा उल्लेख छ । बेलायमा तामाङका दुबै छोरी अध्ययनरत छन्। र, तामाङ प्रहरी अनुसन्धानबाट बच्न बेलायत उड्न खोजेका थिए ।

इच्छाराजले अध्यक्ष श्रेष्ठलाई सबै जिम्मा दिन खोजेका थिए

सीआइबीका अनुसार बेलायत उड्ने चाँजोपाँजो मिलाउनुअघि उनले सबै कारोबार सहकारी सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठलाई जिम्मा दिन खोजेका थिए । तर, उनलाई सीआइबीले सही समयमा पक्राउ गर्न सफल भएको थियो । यदि, इच्छाराज बेलायत उडेर फरार रहेको भए प्रहरीलाई पक्राउ गर्न समस्या हुने थियो ।

उजुरी झण्डै ६ अर्ब, सम्पत्ति १२ अर्ब !

सीआइबीका अुनसार इच्छाराजमाथि निक्षेपकर्ताले ५ अर्ब ५९ करोड ३८ लाख ठगी गरेको उजुरी दिएको भनिएको छ । र उनीसँग सम्पत्ति कति रहेको छ भन्नेबारे सीआइबीले अनुसन्धान गर्दा नयाँ प्रमाणहरु फेला परेका छन् ।

उनीमाथि झण्डै ६ अर्बको उजुरी परेपनि उनले १२ अर्बभन्दा बढी सम्पत्ति जोडेको सीआइबीको अनुसन्धानमा देखिएको छ ।
काठमाडौंकै टेकुको सहकारी भवन, तामाङ संलग्न रहेका कम्पनी, कीर्तिपुर ट्याङ्लाफाँटको घर तथा जग्गा सबै जोड्दा उनीसँग करिब १२ अर्ब इच्छाराजसँग १२ रुपैयाँ बराबरको सम्पत्ति रहेको प्रमाण फेला परेको सीआबीले जनाएको छ । यस विषयमा सम्पत्ति शुद्धीकरण विभागले पनि थप अनुसन्धान गरिरहेको छ ।

हाल विभागले इच्छाराजको सबै सम्पत्ति रोक्का गरिदिएको छ भन् इच्छाराजले अंशबण्डा गरेर आफ्नो श्रीमतीको नाममा घर÷जग्गा राखेको पाइएको छ । तर, उनको श्रीमती भने हालसम्म फरार रहेकी छन् ।

हाल तामाङसहित सहकारी सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिसटेन्ट म्यानेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्ध बुद्धराज तामाङ, मौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र सहकारीका पूर्व लेखासमिति सदस्य हरिहर लामिछाने पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV