१० मंसिर २०७८, शुक्रबार

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तुइन युगको अन्त्य भएर सुरुङ युग सुरु भएको बताएका छन् ।

शुक्रबार चितवनमा एमालेको दशौँ महाधिवेशन सत्रलाई सम्बोधन गरेका ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछि तुइन विस्थापित गरेर सुरुङ युगको सुरुवात गरेको बताएका छन् ।

अध्यक्ष ओलीले त्रिशुलीको बाटो भएर हिँड्ने जो कोहीले तुइन नभएको देख्ने बताएका छन् । उनका अनुसार पहिले त्रिशुलीमा तुइनै, तुइन थियो तर, अहिले छैन ।

‘विस्थापित गरेको पहिलोपटक प्रधानमन्त्री हुँदा मैले भनेको थिए खिचेर राख्नुस साथीहरु– अब तुइन रहने छैन । हतार हतार (प्रधानमन्त्रीबाट) मलाई हटाए । फेरि आएर मैले तुइन विस्थापित गरे,’ उनले भने, ‘त्रिशुलीको बाटो हिँड्नुस, पहिले तुइनै, तुइन देखिन्थे । तुइनै तुइनकै खोलो थियो, त्रिशुली । आज त्रिशुलीको बाटो हुँदै काठमाडौ, नारायणघाटमा एउटा पनि तुइन छैन । पक्की पुल बन्दैछन्, बनिसकेका छन् । झोलुंगे पुल बनिसकेका छन्, बन्दै छन् । तुइन युगको अन्त्य भएर सुरुङ युगको सुरु भएको छ । विज्ञान, प्रविधिमार्फत वैज्ञानिक अवधारणासहितको नेपाल बनाउन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV