१० मंसिर २०७८, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको बताएका छन् । चितवनमा शुक्रबार (आज)देखि सुरु भएको एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

त्यस्तै अध्यक्ष ओलीले अब चुनावको तयारीमा जुट्ने बताएका छन् । उनले भनेका छन्, ‘अब हामी चुनावको तयारीतर्फ जानेछौं । एकल बहुमत ल््याउने छौं ।’

त्यस्तै अध्यक्ष ओलीले एमाले राणाशाहीलाई भत्काउने, पञ्चायत, राजतन्त्र फाल्ने आन्दोलनदेखि लिएर अन्धकार युगबाट उज्यालोतिर ल्याउने वैचारिक र व्यवहारिक ढङ्गबाट नेतृत्व गर्दै आएको पार्टी भएको बताए ।

उनले भनेका छन् , ‘आजका समस्याहरू ठीक ढंगले पहिचान गर्ने र समस्याहरूलाई समाधान गर्ने ऐतिहासिक अभिभारा बोकेको पार्टी हो यो । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारा बोकेको, आर्थिक सामाजिक समस्या समाधान गर्नै अभिबारा बोकेको पार्टी हो ।’

त्यस्तै उनले उग्र वामपन्थ नभई व्यवहारिक रूपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिने र सम्भव हुने व्यवहारिक कार्यान्वयन गर्ने पार्टीको रूपमा रहेको एमाले रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV