१० मंसिर २०७८, शुक्रबार

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेकपा एमाले पहिले भन्दा थप बलियो बनोस भन्ने शुभकामना दिएका छन् ।

चितवनमा आज आयोजित एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा शुभकामना दिँदै ओलीले आफ्नो पार्टीलाई देखाएको सद्भावप्रति अनुग्रहित भएको बताएका छन् ।

महन्थ ठाकुरले एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिका प्रशंसा गरेका छन् । मधेस तथा थरूहट आन्दोलनका क्रममा २९२ जनामाथि लगाइएका मुद्दामध्ये तत्कालीन प्रधानमन्त्री ओलीको सद्भावनाले गर्दा १३९ जना रिहा भएको पनि उनले चर्चा गरे ।

एमाले पार्टीले आकाशझैं उचाइमा पुगोस् भनेर शुभकामना दिँदै ठाकुरले ओली प्रधानमन्त्री हुँदा आफ्नो पार्टीले उठाएको संविधान संशोधन लगायत मुद्दालाई सम्बोधन गर्न देखाएको तत्परताप्रति धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV