१० मंसिर २०७८, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको छ ।

चितवनमा आज आयोजित एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसदभित्र र बाहिर रहेका दलहरूसँग सहकार्य गर्न चाहेको बताउदैँ त्यसको लागि एमालेको पनि साथ चाहिने बताउनुभएको हो ।

नेपाली कांग्रेसका सभापति समेत रहनुभउका प्रधानमन्त्री देउवाले थिति बसाल्ने काममा नेकपा एमालेले साथ दिनुपर्नेमा जोड दिनुभएको हो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले भन्नुभयो, ओलीजीलगायत नेताहरूसँग हामी पनि जेलमा सँगै बसेका र धेरै कुरा भोगेको हौँ । हिजो हामिले भोगेका कुरा ध्यानमा राखेर जनतालाई दुःख नहोस् भनेर काम गर्नुपर्दछ, ‘एमालेले थिति बसाल्ने काममा साथ दिनुपर्दछ।’

राष्ट्रिय स्वाधीनताको सुनिश्चित गरी देशलाई समृद्ध बनाउन समान धारणा तय गर्न सबै दलबीच संवाद र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

‘कानुनी शासन, जनअधिकार, व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्नुका साथै समृद्ध देश बनाउनका लागि सबै दलको सहयोग आवश्यक पर्छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV