१० मंसिर २०७८, शुक्रबार

काठमाडौँ । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले जनआन्दोलन र मधेश आन्दोलनको उपलब्धिहरुलाई जालझेल गरी ओझेलमा पारिएको बताएका छन् ।

अध्यक्ष उपेन्द्रदवले जारी एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष यादवले दोस्रो जनआन्दोलन र मधेश आन्दोलनको उपलव्धी संस्थागत गर्न नसकेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले उपलव्धीहरु जालझेल र सडयन्त्रबाट निकालेर जनताले अनुभूति गर्न नपाउने स्थितिको सिर्जना गरिएको आरोप समेत लगाएका छन् ।

अध्यक्ष यादवले भने, ‘अहिले एकातिर नेपालको विविधतालाई एकतामा र एकतालाई विविधतामा कस्ने समावेशी र लोकतान्त्रिक संविधानको अभावले शान्ति संघीयता सुशासन आर्थिक समृद्धिहरू टाढिँदै गएको छ । उनले भएका कमजोरी हटाएर संघीयता, समावेशीता जनताप्रति जवादेही बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV