१० मंसिर २०७८, शुक्रबार

काठमाडौँ । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन भएको छ । चितवनको नारायणी नदी किनारमा भव्य समारोहमाझ एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोलोत्तन गर्दै महाधिवेशनको उद्घाटन गरेका हुन् ।

रिमोटमार्फत ओलीले आफ्नो पार्टीको झन्डाका साथै राष्ट्रिय झण्डा र पार्टीको चुनाव चिन्ह अंकित झण्डाको उत्तोलन गरेका हुन् ।

अहिले उद्घाटन सत्र चलिरहेको छ । यसका लागि एमाले नेता तथा कार्यकर्ताहरु र अतिथिहरु चितवनमा भेला भएका छन् । महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका छन् ।

उद्घाटनपछि मञ्चमा निम्त्याइएका प्रमख राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य दिने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV