१० मंसिर २०७८, शुक्रबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुलाई पदमुक्त नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न परिषद्का पाँच बोर्ड सदस्यले दायर गरेको रिटको सुनुवाई गर्दै उच्च अदालतले उक्त आदेश जारी गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मंसिर ३ गते नौ जना बोर्ड सदस्यलाई पदमुक्त गरेका थिए। मन्त्री गहतराजले सदस्यका हैसियतमा गर्नुपर्ने काम नगरेको र बोर्ड बैठकका लागि पहल नगरेको भन्दै स्पष्टिकरण सोधेका थिए ।

उक्त स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआएको भन्दै मन्त्री गहतराजले बोर्ड सदस्यलाई पदमुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV