१० मंसिर २०७८, शुक्रबार

दार्चुला । नेपाली कांग्रेसको दार्चुला जिल्ला अधिवेशनका क्रममा मतगणनास्थलमै झडप भएको छ । झडपमा परी ४ जना घाइते भएका छन् । घाइते हुनेमा सुरेश बिष्ट, बसन्तबहादुर साउँद, राजेन्द्र बिष्ट र एक अर्का व्यक्ति रहेको जनाइएको छ ।

जिल्ला सदरमुकाम खलंगामा भइरहेको मतगणनास्थलमा दुई पक्षबीच झडप भएको हो । जिल्ला सभापतिका उम्मेदवार अमरसिंह धामी र ललितसिंह बाहेरा पक्षबीच झडप हुँदा ४ जना घाइते भएको र उनीहरुको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।

बिहीबार कांग्रेसको दार्चुलाबाट कार्यसमिति र महाधिवेशन प्रतिनिधिका उम्मेदवार सहमतिमा चयन नभएपछि मतदान भएको थियो । आक्रमण तथा हातपात गर्ने ४ जना प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV