१० मंसिर २०७८, शुक्रबार
  • युवराज आचार्य

झापा । जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ९ निवासी ६० वर्षीय रामबहादुर बुर्जा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईका अनुसार शुक्रबार बिहान साढे ६ बजे मेचीनगर नगरपालिका- १४ स्थित शनिबारेमा टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जङ्गली हात्तीले आक्रमण गरेका थिए ।

हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको एसपी भट्टराईले जानकारी दिए ।

घटना पश्चात् इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV