१० मंसिर २०७८, शुक्रबार

काठमाडौं । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रुपमा फैलिरहेको पत्तो लागेको छ ।
बीबीसीका अनुसार त्यहाँका बैज्ञानिकहरुले यसबारे भर्खरै पत्तो लगाएका हुन् ।

उनीहरुले कोरोनाको उत्परिवर्तन धेरै सङ्ख्यामा भइरहेको बताएका छन् । बैज्ञानिकहरुले अहिले प्रतिपादित खोपहरूले उत्परिवर्तित भइरहेका भाइरसविरुद्ध प्रभावकारी हुन नसक्ने पनि उनीहरुले दावी गरेका छन् ।

यसअघिको कोरोना भाइरसभन्दा यो घातक हो या होइन भन्नेबारेमा भने थप तथ्य खुल्न बाँकी नै रहेको उनीहरुले बताएका छन् । यसबारे विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ ।

उक्त विषयमा छलफल गर्न विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले पनि दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल शुक्रवार नै गर्ने बताएका छन् ।

यो सँगै बेलायतले दक्षिण अफ्रिकाका छ देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरिसकेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV