१० मंसिर २०७८, शुक्रबार
  • प्रकाश विकल्प

अमेरिकी लेखक फ्य्राङ्क हर्बटले भनेका छन्- ‘सुशासन कहिल्यै कानुनमा निर्भर हुँदैन, यो त सम्बन्धित नेतृत्वको गुणमा निर्भर हुन्छ । सरकारका संयन्त्रहरु जहिल्यै पनि ती संयन्त्र चलाउने मानिसको इच्छाको अधीनमा रहन्छन् । सबैभन्दा महत्वपूर्ण काम सही नेतृत्व छनोट गर्नु नै हो ।’

२०७८, साउन २८ मा एमालेका तत्कालिन लुम्बिीनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई विस्थापित गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का युवा नेता कुलप्रसाद केसी ‘सोनाम’ पाँच दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित हुनुभयो । सोनाम मुख्यमन्त्री हुनुभन्दा अगाडि उहाँ केही गर्न खोज्ने खरो स्वभावको युवा नेताका रुपमा चिन्दथे मैले । संयोगवश ! उहाँ मुख्यमन्त्री भएको करिब तीन महिनापछि उहाँकै निमन्त्रणामा म २०७८, कार्तिक २८ मा बुटवल गएको थिएँ । म पुगेको दिन बेलुका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ को सरकारी क्वाटरमा सँगै डिनर लियौं । डिनरमा मकै र कोदोको पिठो मिसाएको ढिडो, आलु र गुन्द्रुकको रसवाला तरकारी, अचार र साग खायौं । उहाँको भान्साको एउटा कुनामा पहेँलो रङ्गको बोरामा करिब पाँच बोराजति पिठो राखेको थियो । उहाँको सामान्य खानपान र जीवनशैली, सरल व्यवहार र खरो नेतृत्व क्षमताले उहाँको अनुहारमा कतैकतै लि-क्वानको अनुहार प्रतिविम्वित भएको पाएँ । म बुटवल र दाङ गरेर झण्डै ७२ घण्टा लुम्बिनी प्रदेशमा बसेँ । त्यसमध्ये, करिब एकतिहाई समय उहाँसँगै बिताएँ ।

त्यस समयमा हामीले सामाजिक, आर्थिक र राजनीतिलगायत समग्र प्रदेशमा सामाजिक न्याय र प्रदेशको समृद्धिका तमाम पाटामा मसिनो गरी छलफल गर्याैं । हरेक छलफल र वसाईमा उहाँको हाउभाउ हेर्दा प्रदेशको समृद्धिका लागि चर्को हुट्हुटी सहजै महसुस हुन्थ्यो । घरी कुनै मन्त्रीलाई फोन गरेर त्यो काम आज सम्पन्न हुनैपर्छ भनेर निर्देशन दिएको देखे त घरी सचिवलाई आफ्नो कामको २४ घण्टाभित्र कार्ययोजना तयार गरेर पेश गर्न कडा आदेश । उहाँको समग्र कृयाकलापले ममा पनि काफी उत्साह पैदा भयो । किनकि सोनामजस्ता केही नयाँ गरौं, तत्काल गरौं र परिणाममुखी गरौं भन्ने हुट्हुटी भएका नेता देख्दा म उत्साहित हुनु स्वाभाविक नै थियो । मेरो राजनीतिक-सामाजिक कामका हिसाबले हमेशा म नेता र कर्मचारीसँग नजिक नै रहनुपर्छ । संघीय मन्त्रालय, प्रदेश र स्थानीय तहतिर घुमफिर गरिरहेकै हुन्छु । तर, आजसम्म जति ठाउँमा पुगेँ, सोनामको जत्तिको हुट्हुटी भएको नेता कमै पाएको छु । मैले लुम्बिनीमा रहँदा सोनामको नेतृत्वमा भइरहेका धेरै प्रशंसनीय काम अवलोकन गर्ने अवसर पाएँ । जसमध्ये यहाँ एउटा मात्र उदाहरण पेश गर्न चाहन्छु ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हाल प्रदेश राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण कार्य प्रारम्भिक अवस्थामा छ । त्यसमध्ये हाल निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको संरचना हो, प्रदेश सभा भवन । स्टिल स्ट्रक्चरमा निर्माणाधीन प्रदेश सभा भवन करिब १२ हजार स्क्वायर फिटमा बन्दैछ । १ सय ५० जनाभन्दा बढीको क्षमता भएको यो प्रदेश सभा भवन निर्माणका लागि २०७७, फागुनमा टेन्डर आह्वान गरिएको रहेछ । आह्वान गरिएअनुसार प्रतिस्पर्धामा आएका निर्माण व्यावसायी कम्पनीमध्ये २०७८ बैशाखमा एउटा कम्पनी छनोट गरिएछ । छनोट भएको कम्पनीसँग २०७८, भदौ मसान्त अर्थात् पाँच महिनाभित्र निर्माण कार्य सम्पन्न गरी प्रदेश सरकारलाई सभा भवन हस्तान्तरण गर्ने गरी सम्झौता गरिएको रहेछ ।

मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ आफै दाङ पुगी सिडिओ, सिइओ र ठेकेदारसमेतलाई एक ठाउँमा राखी सिडिओलाई निर्देशन दिँदै भन्नुभयाे- ‘२०७८ मंसिर ३० गते राति १२ः०० बजेभित्र प्रदेश सभा भवन निर्माण कार्य सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्न नसक्ने हो भने भर्खरै ठेकेदारलाई जेल हाल्दिनु ।’

तर, उक्त कम्पनीले पाँच महिनामा जम्मा १५ प्रतिशत मात्र काम गरेर बिचैमा भागेछ । यही अवस्थामा, प्रदेश पूर्वाधार निर्माण प्राधिकरणको कार्यकारी अधिकृत (सिइओ) मा सरकारले अनन्तराज घिमिरेलाई ल्याएछ । घिमिरे सिइओमा आएसँगै उहाँले भागेको ठेकेदारलाई खोजेर सम्पर्कमा ल्याउनुभएछ । २०७८, असोज २५ मा मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ आफै दाङ पुगी सिडिओ, सिइओ र ठेकेदारसमेतलाई एक ठाउँमा राखी सिडिओलाई निर्देशन दिँदै भन्नुभयाे- ‘२०७८ मंसिर ३० गते राति १२ः०० बजेभित्र प्रदेश सभा भवन निर्माण कार्य सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्न नसक्ने हो भने भर्खरै ठेकेदारलाई जेल हाल्दिनु ।’

मुख्य मन्त्रीको कडा निर्देशनपछि हाल त्यहाँ उदाहरणीय हिसाबले निर्माण कार्य भइरहेको छ । म २०७८, कार्तिक ३० मा प्रदेश सभा भवन निर्माण स्थलमा पुग्दा त्यहाँ १ सय पचास जनाले काम गरिरहेका थिए । मलाई सिइओ घिमिरेले बताएअनुसार हाल दिनमा १ सय ५० जना र रातमा ७० जनाका दरले दुई सिफ्ट काम भइरहेको छ । फिल्डको कार्यप्रगति देख्दा मुख्यमन्त्री सोनामले दिएको डेटलाइन २०७८ मंसिर ३० भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भई प्रदेश सरकारलाई हस्तान्तरण हुने सुनिश्चित देखिन्छ । यति छोटो समयमा प्रदेश सभा भवन निर्माण हुने परिस्थिति बन्नुमा केवल एकमात्र कारण मुख्यमन्त्री सोनामको खरो नेतृत्व क्षमता नै हो ।

हाल सभा भवनको जुन रफ्तारमा निर्माण कार्य भइरहेको छ, यसमा विज्ञानको पदार्थ र उर्जाको नियम लागू हुन्छ । विज्ञान त हरेक पदार्थ उर्जाको स्थितर अवस्था हो । जब पदार्थलाई गतीमा रुपान्तरण गरिन्छ, त्यो उर्जामा बदलिन्छ । अतः यही नियमका आधारमा दावाकासाथ भन्न सकिन्छ, जब राज्यका नीति, नियम र संयन्त्रहरु गतिशिल हुन्छन्, त्यहाँ जरुर उर्जा पैदा हुन्छ । जहाँ उर्जा हुन्छ, त्यहाँ परिणाम हुन्छ ।

नेतृत्व भनेको इच्छा शक्ति, भिजन, व्यावस्थापन र अगुवाईको अर्को नाम हो । नेपालजस्तो बहुदलीय लोकतान्त्रिक व्यवस्था भएको विकासोन्मुख देशमा अमेरिकी लेखक हर्बटलले भनेजस्तै नीति, प्रणाली सबै कुरा नेताको अधीनस्त हुन्छ । नेतामा इच्छाशक्ति, भिजन, चुस्त व्यावस्थापन र खरो नेतृत्व क्षमता हुँदा तदनुसारकै परिणाम आउने र त्यसो नहुँदा मुलुकको बेहाल हुने हुन्छ ।

म ‘देश किन बनेन’ र ‘समृद्धिको रोडम्याप’को लेखक पनि हुँ । मैले यी दुई पुस्तकमार्फत् देश नबन्नुका कारण र देश बनाउने हजारौं उपायलाई पुस्तकमा पर्याप्त चर्चा गरेको छु । मैले दुबै पुस्तकको राजनीतिक शीर्षकमा देश नबनुको धेरै प्रतिशत कारण नेताको वरिपरि रहेको लेखेको छु भने समृद्धिको मुख्य स्रोत पनि नेता नै हुने निष्कर्षमा पुगेको छु । यो सन्दर्भ यहाँ किन प्रासंगिक हुन्छ भने, मैले मेरो पुस्तक समृद्धिको रोडम्यापमा देशको समृद्धिका लागि जस्तो नेताको परिकल्पना गरेको छु, त्यो मैले सोनाममा पाएँ ।

नेतृत्व भनेको इच्छा शक्ति, भिजन, व्यावस्थापन र अगुवाईको अर्को नाम हो । नेपालजस्तो बहुदलीय लोकतान्त्रिक व्यवस्था भएको विकासोन्मुख देशमा अमेरिकी लेखक हर्बटलले भनेजस्तै नीति, प्रणाली सबै कुरा नेताको अधीनस्त हुन्छ । नेतामा इच्छाशक्ति, भिजन, चुस्त व्यावस्थापन र खरो नेतृत्व क्षमता हुँदा तदनुसारकै परिणाम आउने र त्यसो नहुँदा मुलुकको बेहाल हुने हुन्छ । तर, जब म लुम्बिनी प्रदेशबाट फर्किएँ, ममा नयाँ तरंग पैदा भएको छ । सोनामजस्तै सबै प्रदेशमा सशक्त नेतृत्व हुने हो भने समृद्धिको गन्तव्य टाढा छँदै छैन । इच्छाशक्ति र अगुवाइको कुरा मात्र होइन, सोनामको चुस्त सचिवालय देख्दा नै प्रष्ट हुन्छ, उहाँको व्यावस्थापकीय क्षमता । सुजित बिकको नेतृत्वमा सारै चुस्त सचिवालय रहेछ । मुख्यमन्त्रीको स्प्रिटलाई ठ्याकै पक्रिएर सुजितको नेतृत्वको सचिवालयले सारा कार्यसम्पादन गर्दो रहेछ ।

अपितु, नेता निर्णायक हो तर सबथोक भने पक्कै हैन । उसले सही भिजनसहित सशक्त नेतृत्व गर्न सक्दछ तर राज्यका नीति, संरचना र कर्मचारीतन्त्र पनि उतिकै गशिल र देशका लागि काम गर्ने मनसायबाट अभिप्ररित हुन अपरिहार्य छ । जस्तो कि समग्र राज्यलाई प्राणीको शरिरसँग तुलना गरेर हे¥यौ । जसरी स्वस्थ र शसक्त जीवनका लागि शरिरका सबै अंगले प्रकृतिले निर्धारण गरेको जिम्मेवारी एकसाथ र निरन्तर पुरा गर्नुपर्दछ, ठिक त्यस्तै हो, राज्यका संयन्त्र र देशको समृद्धिको प्रश्न पनि । समृद्ध देश निर्माणका लागि राज्यका संयन्त्र (अङ्ग) ले पनि त्यसरी नै कार्यसम्पादन गर्नुपर्दछ, जसरी एक स्वस्थ प्राणीको शरिरका अङ्गले गर्दछन् ।

निर्धारित समयमा गन्तव्यमा पुग्ने  दुईवटा उपाय मात्र हुन्छ- १. समयमै हिड्ने २. समयमा हिड्न सकिएन भने गति बढाउने ।

नेपालको विकास दुनियाँका अगाडि करिब १५० वर्ष पछि परिसकेको छ । त्यसकारण नेपाललाई निश्चित समयमा विश्वको एक समृद्ध मुलुक बनाउन हामीसँग अब एक मात्र उपाय बाँकी छ- त्यो हो गति बढाउने । जब नेतादेखि तमाम् राज्यका संयन्त्र साझा लक्ष्यसहित एकसाथ गतिमा दौडिन्छन्, अवश्य पनि समृद्धिको गन्तव्य नजिकिन्छ । नेपालजस्तो विकासोन्मुख देशलाई निश्चित समयमा समृद्धिको उच्चाइमा पुर्याउन सोनामजस्ता नेता मात्र होइन, हरेक संस्थाको नेतृत्व इनिसिएटर बन्न तयार हुनुपर्दछ । हामीले कुलमान घिसिङलाई पनि अर्को पात्रका रुपमा हेर्न सक्छौं । अठार घण्टासम्मको लोड्सेडिङलाई कुलमानजस्ता इनिसियटर विद्युत प्राधिकरणको नेतृत्वमा आएसँगै लोड्सेडिङ मात्र अन्त्य भएन, आज नेपाल छिमेकी देश भारतलाई बिद्युत बिक्री गर्ने स्तरमा पुग्यो । इनिसिएटरको अर्थ हो, निरन्तरतामा क्रमभंगता ।

खैर, राज्य सञ्चालनमा गति कसरी बढाउने त ? यो मुख्य सवाल हुन सक्दछ । गतिका लागि विज्ञानलाई पक्रिनु पर्दछ । राज्य सञ्चालनको विज्ञान भनेको नीतिमा विज्ञान, कार्यक्रममा विज्ञान, बजेटमा विज्ञान, कार्यान्वयनमा विज्ञान, व्यवस्थापनमा विज्ञान, वैज्ञानिक प्रणालीको विकाससँगै राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको एकसाथ गतिशीलता हो । यो सबैका लागि अरुले नै खोज, अन्वेषण र सफल प्रयोग गरिसकेको विज्ञान–प्रविधिलाई हामीले साधनको रुपमा उपयोग मात्र गरे हुन्छ । यति गर्न सके नेतृत्वसहित राज्यका सबै संरचना गतिशिल हुन पुग्दछन् । राज्यका सबै संरचना गतिशिल र प्रभावकारी भएपछि स्मार्ट सरकार बन्न जान्छ । जब स्मार्ट सरकार बन्छ, त्यसले मात्र स्मार्ट अर्थात् समृद्ध देश निर्माण गर्न सक्दछ ।

अतः समृद्ध देश निर्माणको अभियान स्मार्ट सरकार बनेबाट सुरु हुन्छ, स्मार्ट सरकार बनाउने कुरा स्मार्ट नेता बन्नेबाट प्रारम्भ हुन्छ । यहाँ स्मार्टलाई ठिक ढंगले बुझ्न हामी स्मार्ट फोनलाई उदाहरणका रुपमा लिन सक्दछौं । आजको स्मार्ट फोन भनेको ‘आल इन वान’ हो । देख्दा सुन्दर, सबै सुविधा एउटा मोबाइलमा । आजका दिनमा स्मार्ट फोन आम मानिसको जीवनको अभिन्न अङ्ग बनिसकेको छ । स्मार्ट फोनबिनाको जिवन कल्पना बाहिरको विषय भइसक्यो । तर, हाम्रो राज्य भने पेन्टियम वान कम्प्युटरकै अवस्थामा छ । त्यसकारण, हामीले कुलप्रसाद केसी ‘सोनाम’बाट सिक्न सक्दछौं- नेतृत्वको कार्यशैली, इच्छाशक्ति र चुस्त व्यवस्थापनका तमाम पाटाहरु ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV