१० मंसिर २०७८, शुक्रबार
  • युवराज आचार्य

झापा । नेपाली कांग्रेस झापाको सभापतिका लागि राम कट्टेल र देउमान थेबे बिच भिडन्त हुने भएको छ । १४ औं अधिवेशन अन्तरगत शुक्रबार हुने चुनावका लागि कट्टेल र थेबेले छुट्टाछुट्टै समुह बनाएर उम्मेद्वारी दर्ता गराएसंगै कट्टेल र थेबे बिच भिडन्त हुने पक्का भएको हो ।

काँग्रेस केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्माको समर्थन कट्टेल समुहलाई रहेको छ । यता थेबे समुहलाई काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको समर्थन रहेको छ । यी दुई समुह बिचको भिडन्त शर्मा र सिटौलाको प्रतिष्ठाको रूपमा समेत हेरिएको छ ।

कट्टेल समुहबाट कन्काइ नगरका उपसभापतिमा शहिद राजन गिरीका पिता समशेर गिरी (केदार) र मेचनगरका प्रेम सम्बाहाम्फे सचिवमा दमकका विश्वदीप लिङदेन र बाह्रदशीका टोम राजबंशी, सहसचिवमा पदम लिम्कु र उमाराम प्रसाई रहेका छन् ।

त्यसैगरी थेबे समुहबाट उपसभापति पदमा दमकका शेरबहादुर भट्टराई र मेचीनगरका केशबराज पाण्डे, सचिवमा कृष्ण हुमागाई र नविन बिमली, सहसचिवमा कमल भण्डारी र कलेन्द्र राजबंशी रहेका छन् ।

काँग्रेस झापाको ७ पदाधिकारी र ६४ जिल्ला सदस्य तथा अपाङ्ग कोटाबाट एक महाधिवेशन प्रतिनिधि र एक प्रदेश अधिवेशन प्रतिनिधि छनौटका लागि मंसिर १० (आज) हुने मतदानमा जिल्ला भरिका ३ हजार ३ सय ८९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV