१० मंसिर २०७८, शुक्रबार

एजेन्सी । युरोपा कन्फ्रेन्स लिगमा रोमाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा रोमाले जोर्यालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रोमलाई सानदार जित दिलाउनको लागि ट्याम्मी अब्राहमको दुई गोल गरे भने कार्लेस पेरेज र निकोलो जानिलोले समान एक-एक गोल गरे ।

खेलको १५औं मिनेटमा पेरेजले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए । उनले स्टेफन अल सारावेको पासमा गोल गरेका थिए । ३३औं मिनेटमा जानिलोले गोल गर्दै अग्रता दोब्बर बनाए ।

४६औं मिनेटमा अब्राहमले गोल गर्दै रोमलाई ३-० ले अघि बढए । उनले निकोलो जानिलोको पासमा गोल गरेक ाथिए । ७५औं मिनेटमा अब्राहमले नै गोल गर्दै रोमलाई सानदार जित दिलाए ।

यो जितसँगै समूह ‘सी’ मा रहेको रोमा ५ खेलबाट १० अंकसहित दोस्रो स्थानम छ । पराजत जोर्या ६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV