९ मंसिर २०७८, बिहीबार

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जटिल भनिएका कुराहरु बुझिने भाषामा जनतालाई बुझाउनुपर्ने बताएका छन् ।

नेकपा (एमाले)को १० औं माहाधिवेशनको दौरान विहीबार चितवन पुगेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल बुद्धिजीवी परिषद्ले चितवनमा गरेको वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन, समाजवादको निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा बोल्दै उनले समाज विज्ञानका जटिल कुराहरु आम जनताले बुझ्ने सरल भाषामा बुझाउनुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले केही बुद्धिजीवीहरुले समाज विगार्ने काम गरिहरको बताउदै केही औषधिका नाम जस्ता बाहेक सबै कुरा बुझिने गरि समाजमा जानु पर्ने बताए । नेकपा एमालेको १० औं महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV