
सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले)को झण्डा अब बाँदरको हातमा पुग्ने टिप्पणी गरेका छन् । बिहीबार सुर्खेतमा समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष नेपालले एमाले महाधिवेशनमा गैँडाले झण्डा उचालेको लोगोको विषयमा टिप्पणी गर्दै भनेका छन्, ‘एमालेको झण्डा अहिले जनावरले उचालेको छ । केही समयपछि बाँदरको हातमा पुग्छ ।’
त्यस्तै उनले अहिले कुनै पार्टीसँग एकता नहुने बताए । साथै पार्टी निर्माणको अभियानमा लागेको देशभर उत्साहजनक उपस्थिति रहेको उनले दाबी छ ।
यसका साथै न्यायालय विवादबारे बोल्दै अध्यक्ष नेपालले ५ दलीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्या सुल्झाउन सुझाव दिएको पनि बताए ।