९ मंसिर २०७८, बिहीबार
  • तारा आचार्य,

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसाविरुद्धको अभियान गाउँ–गाउँमा पु¥याउनु पर्नेमा जोड दिएका छन् । उनले अभियानलाई गाउँ–गाउँमा पु¥याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा आज विहान विराटनगरमा लैंगिक हिंसाविरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाई हुने भएकाले आ–आफ्नो तहमा सबै निकायले अभियान सञ्चालन गर्नुपर्ने बताए ।

उनले निरन्तरको अभियानले लैंगिक हिंसा सँधैका लागि अन्त्य गर्न सकिने मन्त्रीे बताए । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्न नाराका साथ अभियान शुरुवात गर्दे विहान विराटनगरमा प्रभातफेरि निकालिएको छ । प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थाका लगायतकाको प्रभातफेरिमा सहभागिता रहेको थियो ।

देवकोटा चौकबाट शुरु ¥यालीले बजार परिक्रमा गरि पुनः देवकोटा चौकमा आएर समापन भएको थियो । अभियान अन्र्तगत आज साँझ ५ बजे ट्राफिक चौकमा दीपप्रज्वलन गरिने कार्यक्रम तय गरिएको सामाकिज विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताए । उनले अनुसार १६ दिन भरि नै जनचेतनामुलक विविध कार्यक्रम सञ्चालन हुनेछ ।

साझा अभियानमा सरकारी निकायहरुका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एशोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरुको सहभागिता रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV