९ मंसिर २०७८, बिहीबार

काठमाडौँ । एमालेको दसौं महाधिवेशनको शुक्रबार उद्घाटन भई शनिबार हुने बन्द सत्रमा विदेशी पाहुनाहरूले पनि सम्बोधन गर्ने भएका छन् ।

चितवनमा बिहीबार (आज) आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले त्यसबारे जानकारी दिएका हुन्।

एमालेले विभिन्न देशका पार्टीलाई महाधिवेशनमा अतिथिका रूपमा सहभागी हुन निम्तो दिएको छ।

शुक्रबार उद्घाटनपछि प्रतिनिधिको परिचयत्र वितरण हुने छ । शनिबार बन्दसत्रमा उम्मेदवारी दर्ता र अन्तिम सूची प्रकाशन गरनेछ, भट्टराइले भने ।

उद्घाटन कार्यक्रममा ५ हजार स्वयंसेवक खटिने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV