९ मंसिर २०७८, बिहीबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको उद्यमशीलता प्रर्वद्धन गर्न आह्वान गरेकी छन् । विहीबार (आज) महालेखा परीक्षकको अत्याधुनिक भवन उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भन्डारीले व्यापार घाटा कम गर्न जनताको उद्यमशीलता प्रर्वद्धन गर्न आह्वान गरेकी हुन् ।

उनले नेपालमा बेरुजु बढ्नु दुःखद भएको बताउदै विभिन्न नियमनकारी निकाय हुँदाहुदै कसरी बेरुजु आउँछ भन्दै प्रश्न समेत गरिन् । महालेखा परीक्षक टंकमणि शर्माले प्रादेशिक कार्यालय समेत स्थापना हुने भएकाले लेखा परीक्षण छिटोछरितो हुने जानकारी दिए ।

उनले विगतमा माहालेखा परीक्षणको वार्षिक प्रतिवेदन कोराना भाइरसका कारण पेस गर्न नपाएपनि अव भने केही सहज हुने बताए । महालेखा परीक्षकको कार्यालय ७ रोपनी क्षेत्रफलको जग्गामा बनेको छ ।

भवनमा बेसमेन्ट सहित १० तला रहेका छन् भने अण्डर ग्राउन्ड २ तलाको रहेको छ । जसलाई पार्किङको लागि प्रयोग गरिनेछ । पार्किङमा ५० वटा ४ पांग्रे सवारी साधन र २४० वटा दुई पांग्रे सवारी साधन अट्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV