९ मंसिर २०७८, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रक्रियाबाट इजलास तोकिने भएको छ । बिहीबार (आज) बसेको फुल कोर्ट बैठकले सर्वोच्च अदालत दोस्रो संशोधित नियमावलीको प्रावधान अनुसार मंसिर १५ गतेबाट गोला प्रक्रियाबाट इजलास तोक्ने समय निर्धारण गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अनुपस्थितिमा सर्वोच्चका १८ न्यायाधीशहरुको बैठकले सो निर्णय गरेको हो । उक्त निर्णयमा प्रधानन्यायाधीश जबराले हस्ताक्षार गर्ने बताइएको छ ।

योसँगै सर्वोच्चका न्यायाधीशहरु आगामी बुधबारदेखि इजलासमा बस्ने भएका छन् । यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोकिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV