९ मंसिर २०७८, बिहीबार

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनको उद्घाटनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी नहुने भएका छन् । अध्यक्ष दाहालको सचिवालयका अनुसार अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले ‘प्रचण्ड’ शुक्रबार चितवन जान नसक्ने भएका हुन् ।

त्यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि शुक्रबार (भोलि) प्रचण्ड र आफ्नो अन्तै कार्यक्रम रहेको बताएका छन् । पूर्वनिर्धारित कार्यक्रम भएकाले आफूहरु चितवन जान नपाउने उनले बताए ।

साथै पार्टीको प्रतिनिधि बनेर कोही नेता जाने भएतापनि हालसम्म टुंगो भइनसकेको उनले बताए । अध्यक्ष दाहाल भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर महाधिवेशनको उद्घाटनमा सहभागी हुन निम्तो दिएका थिए ।

LIVE TV