९ मंसिर २०७८, बिहीबार

चितवन । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । भोलिबाट हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष ओली चितवन पुगेका हुन् ।

उनी बिहीबार सबेरै चितवन पुग्ने पूर्वकार्यतालिका थियो । तर उनी बिहीबार दिउँसो करिब बजेतिर मात्रै भरतपुर विमानस्थलमा ओर्लिएको बताइएको छ ।

चिवनको भरतपुरमा ओलीले बिहीबरा नै पार्टी निकटका संगठन नेपाल बुद्धिजिवी परिषद्लेको कार्यक्रमा सहभागी हुने बताइएको छ । नेकपा एमाले स्रोतका अनुसार उक्त कार्यक्रम सौराहाको होटल अर्थलाइटमा हुनेछ । त्यहाँ १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको छलफल तथा बहस गर्ने तालिका रहेको छ ।

उक्त कार्यक्रमा ४ वटा कार्यपत्र पेश गरिने पनि बताइएको छ । त्यसमाथि ७ जनाले राख्ने र अन्त्यमा ओलीको सम्बोधन हुने तालिका बनाइएको बताइएको छ ।

नेकपा एमालेको अधिवेशन शुक्रबारबाट नारायणी किनारमा हुनेछ । अधिवेशनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित देशी विदेशी पाहुनालाई पनि निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV