९ मंसिर २०७८, बिहीबार

काठमाडौं । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा भारतीय जनता पार्टी (भाजपा)का २ नेताले पनि सहभागिता जनाउने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणमा भारतीय सत्तारुढ दल (भाजपा)का २ नेता नेपाल आउने भएका हुन् ।

एमाले महाधिवेशनको उद्घाटन समारोहमा नेताद्वय डा. हर्ष वर्धन र हरिश द्विवेदी नेपाल आउने पक्का भएको हो ।

हर्ष वर्धन (भाजपा)का पूर्वकेन्द्रीय मन्त्री हुन् भने द्विवेदी (भाजपा)का राष्ट्रिय सचिव हुन् । एमालेको १०औं महाधिवेशन शुक्रबारबाटै चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV