९ मंसिर २०७८, बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतमा आज दिउँसो ‘फुलकोर्ट’ बैठक बस्दै छ । त्यसअघि बार एसोसिएसनका अध्यक्ष र सर्वोच्चकै न्यायाधीशहरू छलफलमा जुटेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै दुवै पक्ष आन्दोलनमा छन् । अहिले भइरहेको छलफलमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्य तथा न्यायाधीशहरु सहभागी रहेको बताइएको छ । आज दिउँसो २ बजेका लागि सर्वोच्च अदालतका न्यायाधीशहरुको ‘फुलकोर्ट’ बैठक तय गरिएको छ ।

करिब एक महिनादेखि सर्वोच्चकै न्यायाधीशहरु र बार नेतृत्वमा वकिलहरुले प्रन्या जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका छन् । तर जबरा पछि हट्ने संकेत नबनेपछि बारले आन्दोलन थप सशक्त र देशव्यापी पारेको छ । आज नागरिक समाज तथा विभिन्न पेशागत संगठनको समेत सहभागितामा सर्वोच्चदेखि बालुवाटारसम्म २ बजे नै मार्चपास गरिँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV