९ मंसिर २०७८, बिहीबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले १४ दिनका लागि उक्त रिपो जारी गर्न लागेको हो ।

बिहीबार बैंकले सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त रकम सापटी दिन लागेको हो ।

मंसिर ९ गते अर्थात बिहीबार दिउँसो २ बजेबाट जारी हुने उक्त रिपो आगामी मंसिर २३ गते परिपक्व हुनेछ ।

उक्त रिपोका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन राष्ट्र बैंकको वेबसाइटमा नै उपलब्ध गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV